शाश्वत बिमोचन

Monday, January 14, 2013

मेरी आमा नरुनु ल !!

आफैं खोजें आफ्नी  साथी , मेरी आमा नरुनु ल !!
गल्ति गरेँ  माफी गर , बिन्ति टाढा नहुनु ल !!

माया रैछ ठुलो कुरा, त्यसै मार्न सकिएन 
छोरो मर्यो भनेर मुख् , बाबा आजै  नधुनु  ल !!

आश गर्यौ   काखे छोरो, जोईटिंग्रे हुनेछैन
भई छाडें  दाजू  जस्तै , माया डोरी नफुनु  ल !!

आकाश जस्तै मेरो बाबा ,धर्ति जस्तै मेरी आमा 
जिन्दगीको दुखि घाउ , रातीराती नछुनु ल !!

बुढेसकालमा निसन्तानझैँ बेसाहारा बाँच्नु पर्दा 
दुनियाँको नानाभाँती व्यङ्ग्य बचन नसुन्नु ल !!

No comments:

Post a Comment