बाबुआमाले आफ्नो थालमा खान राखेको दुई दुई गाँस भात खटाएर राख्छन् यो सोचेर कि "छोरा पढेर आउँदा भोकाउछ, खाजा हुन्छ" ।
कति अलौकिक ! बच्चाको पढाई प्रती अभिभावकले आफ्नो भोक बिर्सन्छन् ।
आफ्नो सबै गहना बैंकमा राखेर एउटि आमा केही ऋण झिक्छिन् यो सोचेर कि "छोरिको पढाई राम्रो भयो भने उनको भबिस्य सुखद् हुन्छ" ।
वा ! सन्तानको पढाईको लागि अभिभावक कति सजिलै आफ्नो सौर्न्दर्य उतार्छन् ।
गरिखाने खेतबारी दाउमा राख्न तयार हुन्छन् बाबुआमा, यो सोचेर कि "आफ्नो छोराछोरी इच्छित बिषय पढेर प्रतिष्ठित होउन्" ।
अपबाद नै होला सम्पत्तिको लालचालाई पनि पढाईले सर्लक्क छोपिदिन्छ ।
दिनभरी गिट्टी, बालुवा र सिमेन्टमा साबेल धसेर काम गर्ने ज्यामी होटेलमा सकेसम्म चुँडेर साहुनीले दिएको आधा प्लेट चाउमिनमा चित्त बुझाउछ, यो सोचेर कि "एक प्लेट खायो भने छोराको 'फि' तिर्ने पैसा बच्दैन" ।
यस्तो लाग्छ, पढाईको लागि दाँजिने अर्को कुनै चिज छैन ।
माध्यमिक शिक्षा परिक्षाको नतिजा संगै उब्जिएका विचारहरुले धेरैलाई उकुसमुकुस बनाएको होला भन्ने सोच्दैछु म । कोहि आफ्नो बिगत सम्झदै होलान् , कोहि भबिस्यको तानाबाना बुन्दै होलान् त कोहि प्रयास र उपलब्धिको समिक्षा गर्दै होलान् ।
कतै खुशी, कतै दुखी अनि कतै दुबिधा होला सायद ।समयको प्रभावलाई समयले नै भएसम्मको अनुकुल बनाउदै लैजान्छ भन्ने मेरो बुझाई हो ।
विद्यार्थीहरु संगको प्रत्यक्ष सम्बन्ध छुटेसंगै म अभिभावकहरुको सामीप्यमा रहेँ । आफू शिक्षक हुँदा विद्यार्थी मात्रै सोचिएछ भन्ने ज्ञात बल्ल हुँदैछ ।
आफ्नो बालबच्चाको तारिफ गर्न बाबुआमाको ओठबाट धाराप्रबाहसंग शब्दहरु कसरी निस्कन्छन् भन्ने मैले कहिल्यै आँकलन नै गरिनछु । छोरा छोरिले पढेनन् भन्ने आमाबाबुको सधैं गुनासो हुन्थ्यो । कुनै न कुनै रुपमा म आभिभाबक लाई गुनासो मेसिन सोच्थेँ जुन एकतर्फी र पक्षपातपुर्ण रहेछ भन्ने आज महसुस गर्दैछु ।
तिम्रो मातापिताले तिम्रो कति धेरै प्रशंसा गर्नुहुन्छ भनेर मैले कोहि विद्यार्थीलाई भन्न सकेको भए उ कति खुसी हुन्थ्यो होला, कति हौसिन्थ्यो होला ?
कहिलेकाहीँ सिकाई ढिलो प्राप्त भएकोमा ननिको लाग्ने रहेछ ।
सांसारिक जीवनमा 'सन्तान सुख' सबैभन्दा ठुलो 'सुख' हो भनिन्छ र त्यो सुख अब निरपेक्ष रुपले सन्तानको पढाईले निर्धारण गर्न थालेको छ ।
सन्तानको गल्ती र कमजोरीहरु कति राम्रो संग ढाकिदिन्छ्न् अनि सत्कर्म र सफलताहरु कति राम्रो संग प्रकट गरिदिन्छन् आमाबुबाहरु । यसको अर्थ सकारात्मक पाटोलाई बुबाआमले कसरी मलजल र टेवा दिन्छन् भनेर रचनात्मक रुपले शिक्षकले बालबालिकाहरुलाई बुझाउनु पर्छ भन्ने देख्दैछु ।
अबश्य पनि 'पढाई' सुख,समृद्धि र स्वाभिमानी जीवनको दिब्यज्योति हो अनि त्यो प्राप्तिको लागि प्रत्येक विद्यार्थीलाई तिनका अभिभावकले हरपल अतुलनीय बलिदान गरिरहेछन् भन्नेकुरा उदाहरण सहित बुझाउन कतै छुटेको पो छ कि ?

No comments:
Post a Comment