तिम्रो पाउ पछ्याउँदै थाकेर आएँ आज
मुटु खाने मुस्कानले डाकेर आएँ आज
सबै मेरा आफन्त र दुनियाँलाई छोडी
तिम्रो निम्ति देउराली भाकेर आएँ आज
हाम्रो जोडी देखे भने इर्ष्या गर्लान् भनि
इश्वरको आँखा पनि ढाकेर आएँ आज
तिमीलाई आफ्नो सामु नपाउंदा खेरि
छट्पटीदै तिम्रो बस्ति ताकेर आएँ आज
छैन रैछ जिन्दगीमा प्रेम भन्दा ठुलो
पारिलो त्यो प्यारबाट पाकेर आएँ आज
मुटु खाने मुस्कानले डाकेर आएँ आज
सबै मेरा आफन्त र दुनियाँलाई छोडी
तिम्रो निम्ति देउराली भाकेर आएँ आज
हाम्रो जोडी देखे भने इर्ष्या गर्लान् भनि
इश्वरको आँखा पनि ढाकेर आएँ आज
तिमीलाई आफ्नो सामु नपाउंदा खेरि
छट्पटीदै तिम्रो बस्ति ताकेर आएँ आज
छैन रैछ जिन्दगीमा प्रेम भन्दा ठुलो
पारिलो त्यो प्यारबाट पाकेर आएँ आज
No comments:
Post a Comment