शाश्वत बिमोचन

Saturday, July 26, 2014

कान्छु

गुराँस झैँ पखाभरि फुल्ने दिन आयो कान्छु
खोलो तर्यौ अब लट्ठी भुल्ने दिन आयो कान्छु

हिजोसम्म नफुलेको नफक्रेको बैंश तिम्रो
जवानीको दिब्य ढोका खुल्ने दिन आयो कान्छु

हँसिली छौ रसिली छौ मोहनीले जादु गर्दै
खाटी दुधमा सक्खर चिनी घुल्ने दिन आयो कान्छु

माटोमुनि रोपिएकी मुल्यवान बिज थियौ
दुनियाको नजरभरि झुल्ने दिन आयो कान्छु

उज्यालोमा आकार देऊ रात्मा रङ्ग भराएर
पराइको हात समाई डुल्ने दिन आयो कान्छु

माधुरी

म रित्तो घडा हुँ तिमि भरि हौ
यो संसार सारा डुल्ने चरी हौ

छन् आस्था उज्याला मन् छ पबित्र
प्रेमको पूजाकी सुन्दर परि हौ

छरेर सुगन्ध मिठो त्यो मात
मग्मगाउने फूल बाबरी हौ

उदासी धर्तिको ब्यकुलतामा
शितल् माधुरी कन्चन्  झरी हौ

कहिल्यै नझुक्ने कहिल्यै नरुक्ने
अविरल बग्ने नदि लहरी हौ

पारी तर्ने बेला

यो संसार पारी तर्ने बेला भो
नरोउन प्रिय मा मर्ने बेला भो

हँसिलो रसिलो त्यो साथ हाम्रो
बिर्सेर बुर्की लौ छर्ने बेला भो

हिंडे सधैलाई म बिदा चाहन्छु
आऊ दाह संस्कार गर्ने बेला भो

बगाउ खरानी पखालेर चिता
फर्क छिटै रात्  पर्ने बेला भो

उठ ! म छैन ब्युँझाईदिन
मिर्मिरे तारा उ झर्ने बेला भो

निरर्थक चोला

(एक जना वृद्द को वास्तविक जीवनगाथा मा आधारित )

कहिले शान्त कहिले बग्यो सुसाऊदै देउता खोला
खोले पिठो तितो मिठो गर्दै बित्न लाग्यो चोला
भाग्य झनै मसिनो भो हुर्काउदा लालाबाला
घाम लाग्थ्यो आकाशमा खै लाग्थेन दिन उज्याला

बनाउन कुनैदिन सकिएन पक्कि छानो
डरै डरमा रात बित्थ्यो झरी पर्दा ठुलो सानो
अन्नबाली पाखो सँग दोस्ती गाँस्न डराऊँथे
साहुहरू चर्को ब्याज ऋणदिंदा  भराउँथे

जहान् ठुलो अघाऊन बसाऊँथ्यौं सानो ताउलो
बिरामिनै हुँदा पनि मुस्किलथ्यो चाख्न जाउलो
दैब मात्रै थिए हाम्लाई हुर्काउन बढाउन
पेट भर्ने ध्याउन्नले बिर्स्यौं छोरा पढाउन

समयले गरिबीको घाउ पुर्दै लग्दोरैछ
अतितको सम्झनाले आँशु धेरै बग्दो रैछ
केहि गर्न नसक्दैमा लाग्छ मर्ने दिन आयो
थाहा छैन यो धर्तीले मेरो जन्म किन चाह्यो ??





नदेखिने घाऊ

नौलो लाग्छ कहिलेकाहीं सधैँ  हिड्ने बाटो पनि
बेला मौका साथ छोड्ने रैछन् ढुङ्गा माटो पनि
नाजिकिएँ यति धेरै टाढा हुनु कसोगरी ?
सम्झिदैमा मुटु दुख्छ, आँशु भर्छु आँखाभरी ।

सक्छौ भने एकैपल 'म' भएर बाँची हेर
ओइलाउन्जेल फूल्को थुङ्गो कसैलाई साँची हेर
दुनियाँलाई ढाँटे पनि सकिदैन आफैलाई
कस्तो माया गर्दै छौ र उल्टै आफ्नो मन् दुखाई ???

ननिदाई कटाएको रातहरु संगालेर
अनन्तको भ्रमपूर्ण आकृतिलाई अँगालेर
जिन्दगीको सहि अर्थ लाग्छ भने यसैगरी
बिताउँथें यौटा चोला स्वप्न चलचित्र सरि

आँगन छेउ दुबो रोपें, सोचेँ जाला फैलिएर
आशा बोकी हेर्दा हेर्दै मर्यो त्यसै ओइलिएर
हिजो थियो फ़ुल्नेदिन भोलि आउला भुल्ने दिन
यति धेरै दुख्छ आज नदेखिने घाऊ किन ??

Friday, July 25, 2014

पर्खाई

तिम्रो म्यासेज आउला भनि मोबाइल्मा हेरी बसें
सम्झनाले छट्पटिदा यहि गजल केरी बसें

यी आँखाले यत्र तत्र खोज्दा तिम्रो छाँया हरु
वरिपरि तस्बिर राखी आफैलाई घेरी बसें

अनलाईन् मा छौ कि भनि फेस् बुकमा चिहाउदै
बिनासित्ती  घरिघरि प्रोफाइल पिक्चर फेरी बसें

टिन् को छानो पानी पर्दा सातो लिन खोज्छ कान्छो
रातैभरि सिरानीलाई अँगालोमा बेरी बसें

बाध्यताको परिधिमा ज्ञानी बालक झैँ बनी
समयले जे जे भन्यो त्यहि त्यहि टेरी बसें

याद

हात्को मेन्दी र हरियो चुराको याद आयो
बाटो छेकी "नजाऊ " भन्या कुराको याद आयो

एकान्तको एकाग्रता भंग गराउन
छुक्छुक्  गर्दै सताउने भुराको याद आयो

भित्र बाहिर काखा पाखा समिपमा हुँदा तिम्रो
हेराईमै मात लाग्ने सुराको याद आयो

तिम्रो साथ सजाउने कल्पनाका छत्र छाँया
कहिले आधा अनि कहिले पूराको याद आयो

सुन्दा नजिक पुग्न टाढा माया मात्र गाढा
हुस्सु  ढाकिएको डडेल'धुराको याद आयो