शाश्वत बिमोचन

Thursday, January 24, 2013

सन्चो- बिसन्चो ..??

मुटु भरि रोदनको पिडा बोकी बाँच्नु पर्ने
'कस्तो छ त ?' भनि सोध्दा "सन्चै" भनि हाँस्नु पर्ने ..

अँध्यारो लाई साथ यहाँ जुनकिरीले दिँदो रैछ
आफ्नै दुख आफ्नै आँशु जीवन साथी हुँदो रैछ
स्वतन्त्रता छैन रुन आँशु छोपी हाँस्नु पर्ने
'कस्तो छ त ?' भनि सोध्दा "सन्चै" भनि हाँस्नु पर्ने ..

भविष्यको भाग्य रेखा अतितले कोर्दो रैछ
सफलताको खुसीलाई जन्जिरले बेर्दो रैछ
काँडा भित्र गुम्सिएर कोमल बनि बोल्नुपर्ने
'कस्तो छ त ?' भनि सोध्दा "सन्चै" भनि हाँस्नु पर्ने ..

गरिबको मनमन्दिरमा दुखि घन्टी बज्दो रैछ
भानु जस्तै पूर्व बाट पश्चिम तर्फ़ ढल्दो रैछ
यस्तै हुँदो रैछ जीवन आँशु द्वारा जल्नु पर्ने
'कस्तो छ त ?' भनि सोध्दा "सन्चै" भनि हाँस्नु पर्ने ..


No comments:

Post a Comment