शैक्षिक बिकासका लागि धेरै बहस भए र तदनुरुप केहि व्यवहारहरु पनि फेरिए | प्रक्रिया संग प्रयोजन र प्राप्ति जोडिनु पर्दछ | जतिसुकै शैक्षणिक परिबर्तन गरेपनि त्यसले समाजमा ल्याउने सकारात्मक असर भएन भने "नयाँ बोतलमा पुरानै रक्सि" जस्तै हुन जान्छ | झन्डै दुई दसक अगाडी मैले क ख पढ्दा र अहिलेका नानी बाबुले क ख पढ्दाको शैली तुलना गर्न मन लाग्यो |
मैले पढ्दा अहिले
कपुरी 'क' कलम 'क'
मोटो 'ख' खरायो 'ख'
गाईगोडे 'ग' गमला 'ग'
घरजस्तो 'घ' घर 'घ'
मासिगेड़ी 'ङ' नाकाथोप्ली 'ङ'
चरिचुच्चे 'च' चरा 'च'
छाते 'छ' छत 'छ'
डाडु 'ज' जग 'ज'
झारी 'झ' झरना 'झ"
गोरुसिंगे 'ञ' गोरुसिंगे 'ञ'
आधाकाटे 'ट' टपरी 'ट'
मिलायो 'ठ' ठडाउरो 'ठ'
डाङडुङ्गे 'ड' डमरु 'ड'
कुकुरपुछ्रे 'ढ' ढक 'ढ '
तिनधर्के 'ण' बाण 'ण'
कोदालीपाते 'त' तबला 'त'
घोरमुखा 'थ' थरमस 'थ'
दैले 'द' दराज 'द'
काँधलौरी 'ध' धनुष 'ध'
निउरीमुन्टी 'न' नङ 'न'
पाटी 'प' पलंग 'प'
छोरीबोके 'फ' फर्सि 'फ'
बाटुलो 'ब' बस 'ब'
भकारी 'भ' भमरा 'भ'
राम्रो 'म' मकै 'म'
बुढो 'य' यज्ञ 'य'
खामे 'र' रथ 'र'
हातबायो 'ल' लसुन 'ल'
तलथोप्लि 'व' वकिल 'व'
मोटो 'श' शंख 'श'
पेटफारे 'ष' षट्कोण 'ष'
पातलो 'स' सलाई 'स'
दोबड़े 'ह' हलो 'ह'
छेपारी 'क्ष' क्षत्रीय 'क्ष'
दुईधर्के 'त्र' त्रिशुल 'त्र'
गाँठोपारि 'ज्ञ' ज्ञानी 'ज्ञ'