शाश्वत बिमोचन

Sunday, August 10, 2014

सुशिल् दा र मोदी भैया

सुशिल् दा र मोदी भैया, दारीको कुरा भो
सिमानाले गर्दा वारी, पारीको कुरा भो

कृषि क्रान्ति गराएर हाँसो भर्ने सपनामा
नेपालीको उर्बर्  बाँझा, बारीको कुरा भो

हाम्रो धेरै सुख दुख, उन्लाई पनि थाहा रैछ
बुद्ध भूमि अनि बन्दुक्-धारीको कुरा भो

सभ्यताको उच्च शिर अझै अग्ल्याउन
धीर वीर सौम्य नर , नारीको कुरा भो

पर्यटन्  र बिजुलीले देश चम्काउन
निष्ठा तपस्याले बोक्ने, भारीको कुरा भो    

एक दिन: दुईटा काम

के छ र उज्यालो यहाँ , के छ र अँध्यारो ?
जस्ले धेरै दिन सक्छ , उही सब्से प्यारो
हिड्नेहरु गुड्न खोज्छन् , गुड्नेहरु उड्न
पापी मन यसै खोज्छ , राम्रो फूल चुँड्न

आफ्नो बारे सुनेपछि, प्रशंसाको बोलि
मान्छे ताली पिटी हाल्छन् , मिलाऊँदै लोली
नाघेपछि डाँडा काँडा , चढेपछि भिर
मिठो मिल्छ था'छ तर , आजै खोज्छन् खिर

मौरी नपाल्ने चैं आघि ,सर्छ मह चाट्न
सबै भन्दा सजिलो भो , अर्का कुरा काट्न
गल्ती खोतल्दैमा आफ्नो, कीर्ति चुलिँदैन
मन्ले चाहँदैमा पानी , तेल् मा घुलिँदैन

बाटो हिलो सफा हुन्न, आँखा चिम्लिएर
ढिला अझै भाको छैन, जुटौं यत्निखेर
दिन्मा दुईटा राम्रो काम. गरौँ साथीभाई
यौटा गरौँ आफैँलाई , यौटा अर्कोलाई