शितहरुले भिजेका तिम्रा असरल्ल केशहरु ,
नवप्रभातको सुकोमल घामहरुमा अख्र्याएर
रातो रिबनले सजाएर, आउन मेरो सामु..
म गुराँस सिउरिदिउला ........
बिर्सेर आहत बिगतहरु
आशा र आस्थाका केस्रा र बिजुलाहरु केलाउदै
मैदल र बंगेर का झाँगहरु छिचोल्दै
उर्बर , पुलकित उन्माद भरेर
रातो फुलबुट्टे घाँगर पहिरिएर , आउन मेरो सामु..
म अंगालोमा बेरिदिऊँला................
निश्चल कन्चन ति तिम्रा आँखाहरु
प्यारको गाजलले प्रेमाशक्त तुल्याएर
शरीरका हरेक अंगहरु श्रिंगारले भरेर
गुलाबी ओठहरुले मुस्कुराउँदै, आउन मेरो सामु..
म पनि आफ्ना ओठहरु जोडीदिउँला.....
अनुपम साथ दिएर एउटा भब्य जीवन सुम्पन
हर भोगाईका बुँद बुँदमा रोमान्चित पारेर
यो संसारिक साम्राज्यमा केवल मेरो रगतको
एउटा होनाहार छोरो जन्माउन, आउन मेरो सामु..
म अनन्त काखमा राखिदिउंला ...........
अनिदो रात र त्रासद सपना हटाएर
चरिका चिर्बिर चिर्बिर सुनिने मनोरम बिहानी ल्याउन
भालेको अलौकिक डाँकोले ब्युँझाउँदै
हे मेरो प्रिया "२०६९ ", आउन मेरो सामु..
म स्वागत गरिरहुँला.......
उर्बर , पुलकित उन्माद भरेर
रातो फुलबुट्टे घाँगर पहिरिएर , आउन मेरो सामु..
म अंगालोमा बेरिदिऊँला................
निश्चल कन्चन ति तिम्रा आँखाहरु
प्यारको गाजलले प्रेमाशक्त तुल्याएर
शरीरका हरेक अंगहरु श्रिंगारले भरेर
गुलाबी ओठहरुले मुस्कुराउँदै, आउन मेरो सामु..
म पनि आफ्ना ओठहरु जोडीदिउँला.....
अनुपम साथ दिएर एउटा भब्य जीवन सुम्पन
हर भोगाईका बुँद बुँदमा रोमान्चित पारेर
यो संसारिक साम्राज्यमा केवल मेरो रगतको
एउटा होनाहार छोरो जन्माउन, आउन मेरो सामु..
म अनन्त काखमा राखिदिउंला ...........
अनिदो रात र त्रासद सपना हटाएर
चरिका चिर्बिर चिर्बिर सुनिने मनोरम बिहानी ल्याउन
भालेको अलौकिक डाँकोले ब्युँझाउँदै
हे मेरो प्रिया "२०६९ ", आउन मेरो सामु..
म स्वागत गरिरहुँला.......
Wa wa wa kya gazab 6....
ReplyDelete