शाश्वत बिमोचन

Tuesday, December 11, 2012

बिभिषिका

एउटा निर्दिष्ट नियति
अपरिभाषित जीवनको पालक  छ
यो पीडक प्रारब्ध किन पूज्य छ ?, किन धरोहर छ ?
म केही जान्दिन
र जान्दैन कोहीपनि ..
न जान्दछे 'धनमाया ' नै
उ त जान्दछे केवल उसले साग बेच्ने गल्लि र बाटोहरु
अनि मकै पोल्ने त्यहि बिरसिलो चोकहरु ......

Thursday, December 6, 2012

मेरो स्नातकोत्तर

मेरो स्नातकोत्तर प्राप्ति को उत्कट लालसा
र उपलब्ध बेथितिको निराशा 
निचोर्दा निचोर्दै, 
दुनियाँले मलाई कवि भनिसके 
विशेषणका भिषण भारि बोकाईसके
तर,
न म चिसोले चर्-चर्  फुटेका ओठहरु खोलेर यथार्थ बताउनै  सक्छु ,
न यो बिरूप तारतम्य सम्झेर छाती पिटी पिटी हिक्क हिक्क रुन नै सक्छु ..!