१.
म : मधेस किन आन्दोलित छ काका ?
किसोरी लाल : आफ्नो पहेचान को लागि मधेस ले चाहिं आन्दोलन गर्नु पर्यो ।
म : मधेसको पहिचान छैन र ?
किसोरी लाल : कहाँ छ हाम्रो पहेचान, हामी काठमाण्डु जान्छु त हामीलाई इन्डियन धोति भन्छ , इंडिया जान्छु त नेपाली भनेर हेंला गर्छ ।
म : आन्दोलन को माग के के छ , थाहा छ तपाइलाई ?
किसोरी लाल : यौटा छ समानुपातिक समाबेसीको हक, त्यो चाहिं राज्यको हरेक निकायमा हुनुपर्यो , अर्को नागरिकताको सवाल छ , जनसंख्याको अधारमा निर्वाचन क्षेत्र हुनुपर्यो र मुख्य गरि सिमांकन को माग छ | अरु पनि छ , ११४ ओटा मांग छ |
म : यो सबै माग पुरा हुन्छ त ? कसले पुरा गर्नु पर्ने हो ?
किसोरी लाल : हाम्रो लडाईं पहाडिया खस सरकार संग हो , माग चाहिँ पुरा हुनुपर्यो नत्र राम्रो हुदैन ..
म : म पनि पहाडिया खस हुँ नि ?
किसोरी लाल : हा हा हा ..(लामो हाँसो सहित मलाई अंगालो हाल्नु भयो )
........................................................................................
२
म : तिमीलाई स्कुल खुलेको कुरा कसरि थाहा भयो ?
बिनय कुमार यादव (कक्षा ६ ) : तपाईहरु आएको थाहा भयो अनि म दौडिहाल्यो सर, नत्र म आउदैन थियो |
म : किन नि ,हामी भए मात्र स्कुल आउने ?
बिनय : तपाईहरुले बडो राम्रो पढाईहाल्नु हुन्छ सर, त्यसैले |
म : अस्तिनै किन पढाई नभएको थाहा छ ?
बिनय : बन्दीमा कहाँ स्कुल खुल्छ, कहिँ पनि खुल्दैन ..
म : बन्दि चाहिं किन गर्नु परेको त ?
बिनय : ओं , मधेसी र पहाडिया को झगडा छ सर |
म : झगडा गर्यो भने के हुन्छ नि ?
बिनय ; जित हार हुन्छ सर |
म : जित्यो भने के पाइन्छ त ?
बिनय : हक आउँछ ..
म : हक भनेको के हो , थाहा छ ?
बिनय : मालुम छैन सर |
म: बन्दीमा के गर्यौ त ?
बिनय : खेल्यो, खायो ,..अथि ..अथि ..अँ यहाँ छठ कत्ति रमाइलो भयो , तपाईलाई मैले कत्ति सम्झेको ..मेरो साथीहरुले भन्थ्यो ,अब त्यो सर आउदैन, उ पहाडको छ ...तपाई भएको भए अझ रमाइलो हुन्थ्यो | मेरो बुबा विदेश बाट आएको छ, यी मैले तपाइलाई चकलेट ल्यैदिएको छु ,लिनुस सर ...छठको प्रसाद पनि राखिदिएको छु , जाने ल हाम्रो घर ..?
म : (अंगालो मार्दै ) हस् , भोलि तिमि संगै जाने , पक्का भो |
बिनय : हो सर ..
............................................................................................
३
म : पूर्वमा अर्को आन्दोलन सुरु भएको छ , यो प्रदेशमा नबस्ने भनेर , त्यहाका बासिन्दाले | सिमांकन को समस्या झन् जटिल बन्ने भो, हैन र सर ?
रामस्वार्थ सर ; अरे के भन्नु हुन्छ सर , तपाई जनकपुरमा बस्दिन भन्नुहुन्छ त गइहाल्नु हुन्छ, जनकपुर त यहीं हुन्छ नि ! बस्दिन भन्ने जान्छन् , सक्की त गो |
म : के गहनता ले गर्दा यति लामो समय सम्म आन्दोलन जारी रहन सक्यो ?
रामस्वार्थ सर : तपाइलाई सत्य कुरा भन्छु सर , नेपाललाई धेरै माया गर्ने राष्ट्रभक्तहरु पहाडमा भन्दा मधेसमा कम छैन | पहाडियाहरुलाई मधेसीले सधै चुनाव जिताईदिएका छन् | आफु प्रधानमन्त्री बन्न भारतलाई भेटि चढाउछन् ..अनि उनीहरु नै राष्ट्रबादी ? मधेसी कहिलै भारतीय बन्दैनन् , पहाडियाले बनाउदैमा हुन्छ र ?
तपाईहरुमा त काम नलागे पनि यौटा भावनामा सरकार छ, हाम्रो त दुबैमा छैन .....
.....................................................................
माथिको सम्बाद कुनै नाटक होइन , यहाको सजिब यथार्थ हो | आज स्कुलमा कक्षा १० को एक जना विदार्थी ले भन्यो " अब मधेस छुटै देश हुन्छ अनि हामीले जागिर पाउछौं , पढेर के काम , नेपाल ले हामीलाई जागिर दिदैन |" भाब यति गहिरो छ कि शब्दले पुग्न गार्हो छ | यो आन्दोलन काव्यमा पढिने समुन्द्र मन्थन जस्तै देखिन्छ ,अमृत निस्कियो भने सबैको भलाई भयो , कालकुट बिष निस्कियो भने श्री पशुपति नाथ ब्यिउञ्झिएर पिउन आउलान् त ,शंका लाग्छ !!