शाश्वत बिमोचन

Tuesday, August 14, 2018

रैछु म भाग्यमानी


देखेँ आकाश धर्ती, टेकेँ माटो र पानी।
यो भाग्य लेख्ने को हो ? रैछु म भाग्यमानी ।

आए जतिको जाने, क्या बाहाना मिलायो
भोलि अँध्यारो भैगो, हिजो हिजै बिलायो ।
आजको निम्ति आजै, जिएँ यो जिन्दगानी
यो भाग्य लेख्ने को हो, रैछु म भाग्यमानी ।

मानिस मै हुँ मन्को, मै हुँ कुबेर धन्को...
यो स्वर्ग-नर्क राज्य, आएँ मारेर फन्को ।
आगोले पोल्छ था छ, को छुन्छ जानीजानी ?
यो भाग्य लेख्ने को हो, रैछु म भाग्यमानी ।