भूकम्पले भत्किएको घरको भग्नावशेष बाट
ढुंगा माटो केलाऊँदै जम्मा गरेको अन्नले
कति दिन सामल पुर्याऊँछिन मेरी आमा.…… ?
आँगनको डिलमा बसेर राहातको बाटो हेर्दै
कतिवटा दिन र रात कटाऊँछन् मेरो बा......... ?
अनायास माऊ गुमाएको त्यो सानो दुधे बाच्छो
कर्कला माथिको पानीझैं सासले कति दिन बाँच्ला र ??
अनबरत आस्थाको पछ्यौरी ओढ्दै
प्रारब्धको ब्रेललिपि पुर्पुरोमा छाम्दै
पढिरहिछिन् मेरी दिदि जिन्दगीको पाठ
संबैधानिक सडकहरुमा बग्रेल्ती छरिएका समताका स्याउहरु
सक्दैनन् तिम्रो स्वाभिमानको क्षुधा मेट्न ,,,,,,
तिमि निरिह छौ दिदि,
कुन धर्माधिश वा न्यायधिस तिम्रो पक्षमा लड्छ, कि;
तिमीले हार्दिकताले पुज्ने पाषाण मुर्ति
लोग्ने स्वरुपमा तिमीलाई
हरदिन बैधानिक बलात्कार गर्छ ।
विशिष्ट श्रेणी मोहर लागेका शैक्षिक प्रमाणपत्रहरु
पेश गर्दै पाउ पर्छौ दाइ, ती धनलम्पटहरुको !
कसरि सम्हालिन्छौ भोगेर अस्वीकृत आकांक्षाहरु ?
किन गर्व गर्छौ जागिर खोज्न सिकाउने विद्यामा ,
जसले;तिमी आफैंलाई कहिल्यै खोज्न सिकाएन ???
यो कोलाहल र निरस दैनिकीमा
उजाड छन् प्रेम बंगैचाहरु
तिमि पक्कै भेट्न आउँथ्यौ प्रिय
प्रेमिल रंग भर्न यी विक्षिप्त प्राणहरुमा ……
तर दुसाध्य छ यात्रा म सम्मको
माइक्रो बसको उच्छ्रिङ्खल भिडहरु छिचोल्दा
दुस्कृत नंग्राहरु गाडीन्छन् तिम्रा अंगहरुमा
कति निसहाय होलान् तिम्रा संबेदनाहरु…….
कुन कानुन छ, तिम्रो अस्मिताको पहरेदार ??
हजारौं सपनाको थिचिमिचो सहन नसकेर
अरबको तातो ओछ्यानमा थचारिन पुग्यो मेरो मित्र
केहि अघिसम्म आफ्नो देशलाई बोक्ने जोस झिक्ने ऊ
आज आफ्नो काँधको ऋण बोक्दै बिलौना पोख्छ कि ;
"मेरो पौरखको सम्मान र साथ कुन समाजले दिन्छ ?"
म यो युगको बेथिति सुनाउन चाहन्थें सरकारलाई
यो हिलाम्मे प्रणाली धुने पानीको मूल देखाउन चाहन्थें
मेरो अन्तस्करणको आवाज
नेटवर्कसम्म आइपुगेर "हेल्लो" भनुञ्जेल
मेरो सरकारले सिमकार्ड फेरिसकेछ ।