....................,
संसारिक मनको प्राकृतिक अस्तित्व नभईदिएको भए , जीबन र जिजीबिषा को तादात्म्यता यति धेरै तरुण नभईदिएको भए, र मात्रै म अजैविक सृष्टि भईदिएको भए यो आस्था र अनुराग आज "तिम्रा" लागि कोरिने थिएन .........!!!!
र आज ,यो एउटा अनन्त समर्पण ,"प्रेम "को शब्दमा अभिव्यक्त गर्दैछु ...
म भन्न सक्दिन , कि यो संसारमा किन आएँ? मलाई थाहा छैन कि इतिहासको मन्चन को बाट किन हुँदैछ ,यो पनि नाजवाफ छु कि भोलि के हुने वाला छ ? मानिसहरु मान्लान् कि यो सबै संसार हो ,समय हो तर म मान्छु तिमिनै संसार हौ l अरुले मानेको संसार त शुन्य हो, तिम्रो उपस्थितिको अगाडी नगन्य हो l म कसरि मान्न सक्छु ,कि हर भोगाई हर हेराई र हर सोचाई ले तिम्रो मात्र अनुभूति दिन्छ भने कुनै कल्पित वा अकल्पित , भौतिक वा अभौतिक अस्तित्वको अर्को बेग्लै संसार छ ?
मानसपटलको भित्र रोम रोममा हुने तिम्रो अनुभूति लाई म कसरि ब्यक्त गरूँ ? कल्पनामै यी आँखाहरु अनन्तमा पुग्छन् र एउटा यस्तो रोमान्चक रहस्य लिएर आउछन् कि मेरा रक्त शिराहरुमा अथाह मायाका मुनाहरु भर्भराउछन् ...र त्यो भावरका चंचलता र प्रेमालाप मा अबोध शिशुझैं महसुस गर्न नसक्दाको मनोदशा म कसरि बुझाऊँ तिमीलाई ?
सम्पूर्ण संसारको जमात अगाडी हुँदा आफुलाई एक्लो ठान्छु र मात्र तिम्रो कल्पनामा आफुलाई संसार मान्छु ....सायद मायाको परिभाषा कतै यतै पो छ कि ?
लामो जीबन भोगाइको सारांश संक्षेपमा उलेख्य र अनुपम सामिप्यतालाई सम्बोधित गर्ने शब्द खोज्दा पाएँ -"प्रेम "l मधुमय भविष्यका लागि गर्ने उत्साही यात्रामा सहयात्रीको रुपमा पाएँ - "प्रेम " l विस्मृतिको यथार्थतालाई स्मृति को लेप लगाएर बाँच्न सिकाउने स्वाभिमानी ध्वजा को रुपमा पाएँ -"प्रेम " र अनन्त संसृति को सभ्यता लाई औपचारिकता दिने प्रेरक का रुपमा पाएँ -"प्रेम " र यहि खोज र प्राप्ति सबै तिमीलाई सुम्पदैछु , आफुलाई कति पनि बाँकि नराखी l
तिमीलाई यो लाग्न सक्छ कि म उज्यालो दिनमा अनैतिक अन्धता प्रस्तुत गर्दैछु ,हृदयको अभिमान बोकेर तिम्रो हृदयमा नै चोट पुर्याउदैछु l कुनै कुण्ठित शब्द को अलंकार ले निच हैसियत ढाकछोप गर्दैछु अनि झरीपछि को निर्मल निलो आकाशमा बेजोड धुवाँ को मुस्लो प्रलय गराऊदैछु वा यो पनि हुन सक्छ एउटा स्वतन्त्र र सुखद जिन्दगीमा निर्मम खेलवाड गर्दैछु l मलाई थाहा छ तिम्रा जिन्दगीका ति सुकिला पाटा र बाटाहरु, मलाई सबै थाहा छन् , तर भन्न सक्दिन यो भिषण हिलोहरुमा किन फुलिरहेछन् कमलहरु ??
यी नाथे शब्द हरुमा मलाई कुनै बिश्वास लाग्दैन र नगर तिमिपनी किनकि कुनै मुटु छैनन् यी शब्द हरुमा ,मलाई त शब्द बिनाका मुटुहरु बरु मन पर्छ ..ति निर्दोष मुटुहरु जसले माया मात्र गर्न जानोस् माया बाहेक कुनै कुराको खोजि नहोस् मैले आफ्नै मुटु पगालेर कुँदेका अक्षर हरु हुन् यी यद्दपी तिमीलाई निरस निरर्थक र बनावटी किन नलागोस् ?
मलाई माया गर भनेर अनुनय गर्दिन , मेरो सुखद् अनुभूति मा तिम्रो दुखद् अभिभारा मेरा लागि पनि ग्राह्य हुदैन l त्यो पर क्षितिज मा देखिने हिमाल , त्यो हरियो रुखमा चुलबुलाई रहेका जुरेलिहरु र निष्पट्ट जुनेली रातमा आकाशमा देखिने अबरणीय चाँदनी आफु जहाँ रहेपनि आफैसंग त हुन्छन् नि , किन मैले छुनु पर्यो र? किन मैले अनुबन्धित गर्नु पर्यो र, हैन ?
मलाई यो पनि थाहा छ , म रोमियो हुन सक्दिन र हुन सक्दिन एकादेशको कथाका दुश्यन्त l न तिमि नै हुन सक्छौ जुलियट र शकुन्तला l यी त काल्पिक कथाका पात्र न हुन् , हामी त जिउनु पर्छ यथार्थमा टेकेर यो जर्जर पथ्थरहरु l
म जो थिएँ , जे थिएँ , जस्तो थिएँ त्येही रुपमा आफुलाई पगालेर एउटा बेढंगको पत्र प्रेमाभाषमा बगेर तिमीलाई सुम्पदैछु l तिमि प्रतिको मेरो हार्दिकता तिमीले स्वीकारे पनि नस्विकारे पनि अक्षुण रहनेछ , म त बग्नेनै हुँ बगिरहन्छु तिम्रै मायामा , थाहा छैन कहाँ पुग्छु तर जहाँ पुग्छु र जबसम्म मेरो अस्तित्व हुन्छ तबसम्म मेरो संसार तिमि नै हुनेछौ l यो तिम्रो मायामा उम्लेको क्षुधा तिमीलाई समर्पण गर्दैछु तिमीले अस्विकार गरेमा म फेरी कहिल्यै -कहिल्यै पनि कुनै पत्र कोर्ने छैन l तिम्रो नाममा यहि पत्र सम्पुर्ण प्रेमका लागि अन्तिम पत्र हुनेछ ......
...............................
जिन्दगीले जहाँ पुर्याए पनि तिमि बाहेक कसैसंग भित्र हृदयको आस्थाले प्रेम गर्ने छैन ..................
उही ,
.........