शाश्वत बिमोचन

Friday, May 11, 2012

स्मृति

सम्झनाको चिनो सधै स्मृतिमा रहिरहोस्
मित्रताको नाता सँधै माया बनि फुलिरहोस्
पौरखका बालाहरू पाखुरीमा झुलिरहोस्
जैले सम्म म बाँच्दछु , तिम्रो माया बाँचिरहोस्
चिरायु होस् तिम्रो जिबन सुखी भई बाँचिरहु
तिम्रै पक्ष इश्वर छन् सदा सदा हाँसीरहु
सुर्य सँधै आकाशमा तिम्रै निम्ति उदाईरहुन्
धर्ति माता नेपालले तिमि जस्तै जन्माईरहुन्