...........................,
म आफैलाई थाहा छैन कि म यो किन लेख्दैछु ...........................!!
..................................
पहाडको कुना कन्दराबाट नदीको बेजोड प्रबाह संगै ठोक्कदै आएको ढुंगा धेरै तल आइपुग्दा बालुवा बन्छ र थाहा छैन बालुवा अझै ठोक्किएर पानी नै बन्छ कि बन्दैन .............!! तर म अबश्य पानि बनेँ ..आखिर म पनि त ठान्थें आफुलाई कठोर पत्थर .....!!! कस्तो प्रचण्ड प्रबाह तिम्रो ..?? भिजायौ .....पगाल्यौ ....र आफुमा बिलय गरायौ । कस्तो अचम्म ,सम्पूर्ण थिएँ ..आज संसार दिए पनि अपूर्ण लाग्छ यदि तिमि छैनौ भने ।
दैनिकीहरु उस्तै थिए तर मनहरु कसरी बिचलित भए म कसरि जानुँ ? साथीहरुले आफ्ना प्रेम कथा सुनाए जस्तो , कता कता कथामा पढेजस्तो तिम्रो हर चाल र शैली थियो ..के बर्णन गरिरहुँ अहिले ???..त्यसै त्यसै प्रभावित भएँ ,आकर्षित भएँ र आफैलाई अप्ठ्यारोमा पारें ..तर किन किन यति धेरै खुसि भएँ ?? अप्ठ्यारो बाटो र जीवन मा पनि पुलकित र हर्षित बनाउने के दियौ तिमीले कुन्नि ???
शंकरदेव प्रवेशको पहिलो दिन मैले यो अवस्था किमार्थ कल्पेको थिइन र यो पनि थाहा छैन कि कुन दिनको कुन क्षण बाट कल्पिएँ ? सबैसंग मिल्न सक्ने र प्रभावित पार्न सक्ने एउटा विलक्षण अदित्तिय स्वभाब लिएर तिमि कक्षामा प्रवेश गर्यौ । तिम्रो त्यो चटपटे, जिम्मेवार, सर्बथा हँसिमुखी बानीले म पनि तिम्रो साथी बनिहालें । बिकाशको प्राबिधिक बरदानहरु फोन र फेसबुकले हाम्रो सामिप्यता मा मलजल गरिरहे ....। तिम्रो अङ्कुरणीय चंचलता मेरो उर्बर मनमा यसरि हुर्कियो कि मैले अनन्य अपनत्व बोध गरें ...
थाहै नदिई मेरा मनहरुले तिमीसंग निकटता खोज्न थाले । तिम्रा लागि त्यो भिडहरुमा सिट रोकेर राख्न थालें ...सायद तिमि बुझ्दैनौ- म अरुको नजरमा कलंकित भएर तिमीलाई आफुसंग राख्न खोज्दा तिम्रो इन्कारमा म कति विक्षिप्त भएको थिएँ ...????
शरद ऋतुका रमाइला दिनहरु थिए । सुर्यका प्रथम किरणहरु कलेजको पच्चिमी पर्खालको सुन्दर फूलहरु चुम्न आइपुग्दा हामी क्यान्टिनमा अभुतपुर्ब क्षणहरु व्यतित गर्दै हुन्थ्यौं ...!! भावनाहरु यसरि उरालिन्थे कि कहिले भरिएर निशब्द हुन्थें कहिले रित्तिएर आनन्दित हुन्थें । शिशिर यामका कलिला घामहरु ताप्दा बास्केटबल कोर्टको पेटीमा तिम्रा भरिपुर्ण चेहरा देखेर मेरा आँखा कति तृप्त हुन्थे ....कक्षा , क्यान्टिन ,लाइब्रेरी ,बर्थडे ग्यादरिङ्ग हरेक क्षण मधुमय लाग्न थाल्यो ..तिमि यसरि मनभित्र पस्यौ .....यति खुसि दियौ कि, मेराहरु अटाएनन् मभित्र ......यी गहिरा कुरा तिमि बुझ्दैनौ , म पो सब कुरा मुटुले सोच्ने, सम्झने र बुझ्ने भएकी छु ...सायद माया गर्नेहरुले मष्तिष्क त्याग्नै पर्छ ....!!!!! हो मैले माया गरें ..प्रेम गरें तिमीलाई अनि पुजा गरें।
तिमि एक दिन मात्र कलेज नआउँदा म कस्तो हुन थालें ..?? कल्पनाको उत्कर्षमा पुग्दा हरेक बेञ्च , कोठा, कुना ,छाना, गमला, फूलमा तिम्रो प्रतिबिम्ब देख्थें र यथार्थमा आइपुग्दा रित्तो र निरसता हात लाग्थ्यो । भक्कानिएर म कति विह्वल हुन्थें ..तर बुझ्ने को थियो र ? तिमि भएको भए बुझ्थ्यौ कि ? केटा मान्छेहरु कति कठोर हुन्छन् , किन प्रकटित व्यवहार बुझ्दैनन् , शाब्दिक संरचनामा आस्थावान हुन्छन् ...माया गर्नेले त आँखा पढ्न सक्नु पर्छ नि तर तिमीले कहिल्यै मलाई त्यो आभाष दिलाएनौ ...!! तिमि संग संगै बस्दा हुने स्पर्शमा म यति आनन्दित हुन्छु तर हरेक हप्ता शनिबार आउछ हामीलाई भेट नगराउंन.....अझ यो लामो बिदा त मेरा लागि नमार्ने काल नै हो ।
जब प्रेम हार्दिकताको अनन्त क्षितिजमा रंगिन रंग फिजाऊँथ्यो, म आफुलाई तिमिसंगै त्यहि क्षितिजमा यस्तो घरजममा बसाउँथें कि त्यहाँ कोहि नहुन् ,केहि नहोस् , केवल एकान्तता र प्रेममय सार्थक मिलन मात्र होस् ...सायद तिमि यो स्वर्गीय सपना देख्ने गरि मेरो मायामा निदाउन सकेनौ .......
यो देखिएर पनि बोध गर्न नसकिने , छोएर पनि अनुभूति गर्न नसकिने र प्रयोग बाट पनि परिक्षण गर्न नसकिने जिन्दगीलाई यहि र यस्तै हो भनेर म कसरि परिभाषित गरूँ ?? मध्य रातको सन्नाटामा मधुरो मैनबत्तिको जलन संगै तिम्रो लागि यो रोदन कोरिरहंदा ममीले मायाको करुणाभाव पोखेर भन्नु भयो -'छोरी अब सुत', 'भोलि पढ्न जानु पर्छ' ....हेर म कति निर्लज्ज, अनैतिक र असामाजिक !!! यति माया गर्ने ममीलाई मैले भ्रममा "छोरी सुन्दर भबिष्य कोर्दै छे "को जलप लगाईदिएर तिमीप्रति प्रेमासक्त हुँदै छु । यहि रात मैले तिम्रो माया नै मेरो प्राप्ति , तिम्रो साथ नै मेरो संसार र तिमिसँगको प्रेम नै सत्धर्म मान्ने घोर निर्णय लिदै छु .....
बाबा ममीले सदैब प्यार गरिरहनु भयो , आफन्तले कर्तब्य बुझाईरहे , गुरुले जिबन सिकाईरहे ...तर मैले आज यो जीवन रोझ्दै छु केवल यो बुझेर कि जायज- नाजायज , सहि -गलत र राम्रो -नराम्रो भन्दा धेरै माथि एउटा कुरा छ ,त्यो प्रेम हो ,त्यो तिमि हौ ।
भौतिक सुखहरु त्यति सुखद् लाग्दैनन् अचेल मलाई ....धर्तीका रंगहरु रंगहीन लाग्छन् ..किन किन आकाशीय धराधामको कल्पनामा कोर्दैछु रेखिय सपना र चाहन्छु यो सपना साझा होस् तिम्रो र मेरो ....।।। मैले यो सोधिन कि तिम्रो कुनै अर्को स्वप्निल संसार छ ?? मैले यो आग्रह पनि गरिन कि मलाई आफ्नो बनाऊ !! आफुलाई कत्ति बाँकि नराखेर सबै तिमीलाई सुम्पिएर बाँकि रहेको यो रित्तो मन र रित्तो सम्पूर्णता भावनाको श्वासबाट प्रतिध्वनित हुँदै शाब्दिक लहरमा प्रतिबिम्बित गरेर तिमीलाई सुम्पन चाहन्छु । किन किन मैले नजानेरै अझ भन कता कता तिमीले नचाहेरै निर्माण भई बिकसित भएको यो नाता अब के गर्ने तिम्रै बिबेक र हातमा ............
संसारको एक इतिहासलाई संस्कारको रुपमा बिकसित गर्दै आएका जमातको सामाजिकता लाई आत्मसाथ गर्ने हो भने आजको दिन प्रेमको पूजा गर्नेहरुका लागि पावन दिन हो ...मैले पनि आफुलाई प्रेम भक्त सम्झेर ,प्रेमको पुजारी मानेर यहि दिनमा प्रेम प्रस्ताब राख्न चाहन्छु " ...आई लभ यु ..आई कान्ट बि अपार्ट फ्रम यु ....."
प्लिज अन्डरस्ट्याड मि ....
उहि तिम्री हुन चाहने ...,
..........................
शंकरदेव क्याम्पस
एकाउन्ट ग्रुप
एकाउन्ट ग्रुप
No comments:
Post a Comment