अधुरो सपना रोपेर हाँसें
आँखाभरी आँशु छोपेर हाँसें !!
छट्पटीरहेको अशान्त मुटु
वियोगी दिलमा चोपेर हाँसें !!
एक्लिएको छु दुनियाँको माझ
अमुल्य जीन्दगी खोपेर हाँसें !!
ब्यथा यो मनको दुख्दैछ साह्रो
मुटुमा झिरले गोपेर हाँसें !!
रित्तो छ पाना यो जिन्दगीको
भावनाको मसि डोबेर हाँसें !!
2007/12/14
No comments:
Post a Comment