शाश्वत बिमोचन

Sunday, December 14, 2025

के छ र नाता ?

के छ र नाता, नयाँ-पुरानो !

हिँडेकै बाटो, हुन्छ बिरानो ।

धुलो र हिलो, जो छ यो मैलो

लाग्दैछ आज, अनौठो थैलो ।।


कैले म हिडेँ, खोलाको तीर,

दौडेर नाघ्दै, त्यो तारे भिर ।

यो भोक मेट्ने, द्याैसि र भैलो !!

लाग्दैछ आज, अनौठो थैलो ।।


धेरै छन् यहाँ, हाँसेर बोल्ने,

म देखेर मन्, खोल्दै नखोल्ने !!

को हेर्छ फर्की, भत्केको दैलो ?

लाग्दैछ आज, अनौठो थैलो ।।


मनैको राजा, मनैको रानि,

आँखाको पानी, बनेर जानि ।

जिन्दगी भन्नु, माटैको घैलो,

लाग्दैछ आज, अनौठो थैलो।।