शाश्वत बिमोचन

Wednesday, February 29, 2012

अधुरो माया

दुनियाँ को जेल नेल पिरतीले भांचौं भन्दा
नाई भन्यौ तिमिलेनै संगसंगै बाँचौं भन्दा


कहिले दुवै रित्तिएथ्यौं कहिले दुवै भरिएथ्यौं
यात्रा त्यसै अधुरो भो जीवन दुरी जाँचौं भन्दा

स्मृतिको मैदानमा कस्तो ब्यर्थ रंगमंच
पछी हट्यौ उमंगमा अंगालेर नाचौं भन्दा

न त मेरो तिमि भयौ न त तिम्रो म नै रहेँ ?
सबै माया खनाएछौ पछी सम्म सांचौं भन्दा

यति धेरै आँशुहरु किन अट्थे आँखा भित्र
भक्कानियो मुटु त्यसै तिमि सम्झी हासौं भन्दा 

1 comment:

  1. wa wa wa
    kasto ramro marma sparshi rachana haru.........

    ReplyDelete