शाश्वत बिमोचन

Thursday, January 24, 2013

दुख्यो ..

कस्सिएको मनको गाँठो फुकाउंदा झनै दुख्यो
तिम्रो माया मुटुभित्र लुकाउंदा झनै दुख्यो ..

तिम्रो याद बगाएन कत्ति आँशु बग्दा पनि
जिन्दगीको चुनौती त्यो चुकाउंदा झनै दुख्यो ..

जिन्दगीको यौटा पाना भरिदियौ कलंकले
सबै सामु आफुलाई थुकाउंदा झनै दुख्यो ..

विरहको भेल संगै बग्दा बग्दै कहाँ पुगेँ
वियोगले थाकेको शिर झुकाउंदा झनै दुख्यो ..

पिडा हुन्छ पोल्छ तर देखिदैन कतै
जीवन कथा पानाभरि सुकाउंदा झनै दुख्यो ..

No comments:

Post a Comment