एउटा निर्दिष्ट नियति
अपरिभाषित जीवनको पालक छ
यो पीडक प्रारब्ध किन पूज्य छ ?, किन धरोहर छ ?
म केही जान्दिन
र जान्दैन कोहीपनि ..
न जान्दछे 'धनमाया ' नै
उ त जान्दछे केवल उसले साग बेच्ने गल्लि र बाटोहरु
अनि मकै पोल्ने त्यहि बिरसिलो चोकहरु ......
बर्षौंदेखि चिच्याईरहेछे धनमाया
"दिदि साग आयो साग "
"तोरीको साग ,रायोको साग , कर्कलो .."
झ्याल र बार्दलिहरुमा निस्केर
सागको मोलमोलाई गर्छन् बंगलाका धनिहरु
धुँवा नजिकै आएर पोलेको हरियो मकैको भाउ सोध्छन्
उन्मत्त प्रेम जोडीहरु
तर ,
कसले सोध्छ धनमायाको जीवनको मोल ?
नामसंग नमिलेको उनको निरर्थक जीवन मूल्य ।
एउटा सानो अँध्यारो डेरामा
स्वप्निल मनको चिराग जलाऊँदै
आमा पर्खिरहेकी विक्षिप्त र त्रसित छोरीलाई
धनमाया आएर सोध्छे - "सानी के खाईस् ?"
आँखाभरि भरिएका समुन्द्र
प्वाट्ट फुट्छन् र बग्छन् भेलहरु
तर किन्चित फुट्दैनन् 'सानीका' बाक्यहरु।
मात्री ममताको करुण हातहरु उठाएर
धनमाया ,
'सानी' का नकोरिएका लट्टे कपाल
नधोइएका र भाग्य नकोरिएका फुस्रा ललाट हुँदै
एक एक अंग मुसार्छे
मानौ -'सानी' एक अजीब प्राणी हो ।
धनमाया सधैभरी
साग बेच्छे र बेच्छे उसको 'सपना '
साहुको भाँडा माझ्छे ,लुगा धुन्छे र धुन्छे आफ्नो 'खुसी'
मकै पोल्छे र पोल्छे उसको धोत्रो जीवन
हम्की हम्किकन ।
खै समय उसलाई ?
सानीको लट्टे कपाल कोरेर,
रातो रिबनले बाँधेर
पुतली झैँ पुलकित बनाइदिने ?
छिप्पिँदो रातको भयांकरतामा
छातीमा टाँसेर सोध्छे धनमाया
"सरले दिएको पाठ सकिस ?"
"कापि छैन "
"यी ...." सरले पिटेका ।
लट्ठीका डाम छाम्छे धनमाया
उसलाई थाहा छ ..
सुकिला सरहरू मनका मैला हुन्छन् ,क्रुर हुन्छन् ।
भक्कानिएका छातीहरुमा सानीलाई च्यापेर
कसरि बताउन सक्छे धनमाया, कि -
'आज उसको साग बिकेन '
'आज सबैले मासु खाएर रमाए '
"आज शनिबार हो "
उ अझै बग्छे र ठोक्किन्छे अमिट अतितमा
शनिबार नै हो उ आधा भएकी
एउटा क्रन्दनमय युद्ध बिभिषिकामा ।
काँप्दै छाम्छे 'सानी' का हातहरु
चिसै छन् कत्ति नातातेका हिउँ जस्ता ...!!
अनिंदी धनमाया को व्याकुलता अझै बढ्छ
जब सम्झिन्छे ,
घरपेटीले डेरा सर्न दिएको समयसीमा ....
सक्थी हो त धनमाया ,
यो रात सधै भरिलाई रोकेर राख्थी ..
सक्थी हो त धनमाया ,
यो संसारबाटै डेरा सर्थी
तर सक्दिन ...!
सक्नेभए त मस्त निदाईदिन्थी नि ,
आधा रात बितिसक्दा त .......
अपरिभाषित जीवनको पालक छ
यो पीडक प्रारब्ध किन पूज्य छ ?, किन धरोहर छ ?
म केही जान्दिन
र जान्दैन कोहीपनि ..
न जान्दछे 'धनमाया ' नै
उ त जान्दछे केवल उसले साग बेच्ने गल्लि र बाटोहरु
अनि मकै पोल्ने त्यहि बिरसिलो चोकहरु ......
बर्षौंदेखि चिच्याईरहेछे धनमाया
"दिदि साग आयो साग "
"तोरीको साग ,रायोको साग , कर्कलो .."
झ्याल र बार्दलिहरुमा निस्केर
सागको मोलमोलाई गर्छन् बंगलाका धनिहरु
धुँवा नजिकै आएर पोलेको हरियो मकैको भाउ सोध्छन्
उन्मत्त प्रेम जोडीहरु
तर ,
कसले सोध्छ धनमायाको जीवनको मोल ?
नामसंग नमिलेको उनको निरर्थक जीवन मूल्य ।
एउटा सानो अँध्यारो डेरामा
स्वप्निल मनको चिराग जलाऊँदै
आमा पर्खिरहेकी विक्षिप्त र त्रसित छोरीलाई
धनमाया आएर सोध्छे - "सानी के खाईस् ?"
आँखाभरि भरिएका समुन्द्र
प्वाट्ट फुट्छन् र बग्छन् भेलहरु
तर किन्चित फुट्दैनन् 'सानीका' बाक्यहरु।
मात्री ममताको करुण हातहरु उठाएर
धनमाया ,
'सानी' का नकोरिएका लट्टे कपाल
नधोइएका र भाग्य नकोरिएका फुस्रा ललाट हुँदै
एक एक अंग मुसार्छे
मानौ -'सानी' एक अजीब प्राणी हो ।
धनमाया सधैभरी
साग बेच्छे र बेच्छे उसको 'सपना '
साहुको भाँडा माझ्छे ,लुगा धुन्छे र धुन्छे आफ्नो 'खुसी'
मकै पोल्छे र पोल्छे उसको धोत्रो जीवन
हम्की हम्किकन ।
खै समय उसलाई ?
सानीको लट्टे कपाल कोरेर,
रातो रिबनले बाँधेर
पुतली झैँ पुलकित बनाइदिने ?
छिप्पिँदो रातको भयांकरतामा
छातीमा टाँसेर सोध्छे धनमाया
"सरले दिएको पाठ सकिस ?"
"कापि छैन "
"यी ...." सरले पिटेका ।
लट्ठीका डाम छाम्छे धनमाया
उसलाई थाहा छ ..
सुकिला सरहरू मनका मैला हुन्छन् ,क्रुर हुन्छन् ।
भक्कानिएका छातीहरुमा सानीलाई च्यापेर
कसरि बताउन सक्छे धनमाया, कि -
'आज उसको साग बिकेन '
'आज सबैले मासु खाएर रमाए '
"आज शनिबार हो "
उ अझै बग्छे र ठोक्किन्छे अमिट अतितमा
शनिबार नै हो उ आधा भएकी
एउटा क्रन्दनमय युद्ध बिभिषिकामा ।
काँप्दै छाम्छे 'सानी' का हातहरु
चिसै छन् कत्ति नातातेका हिउँ जस्ता ...!!
अनिंदी धनमाया को व्याकुलता अझै बढ्छ
जब सम्झिन्छे ,
घरपेटीले डेरा सर्न दिएको समयसीमा ....
सक्थी हो त धनमाया ,
यो रात सधै भरिलाई रोकेर राख्थी ..
सक्थी हो त धनमाया ,
यो संसारबाटै डेरा सर्थी
तर सक्दिन ...!
सक्नेभए त मस्त निदाईदिन्थी नि ,
आधा रात बितिसक्दा त .......
No comments:
Post a Comment