शाश्वत बिमोचन

Sunday, February 12, 2012

यौटा अतित

यौटा बाटो बिर्सिएको सानो अतितको घेरो 
थाहा छैन किन लाग्छ अन्धकार सेरोफेरो 
दिन्मा लाग्छ घाम उस्तै रात छैन फेरिएको 
दुख्ने मुटु बोकिराछु, तिम्रै माया बेरिएको l 

मङ्गल  धुन मङ्गल दिन, मधुमास तिम्रो आयो 
दुनियाँले ताली देलान्, भब्य रंगमंच छायो 
पर्दा भित्र एक्लै रुने, यौटा पात्र कठैबरी 
कस्तो  भएँ ? आँशु पुछ्ने, कोहि छैन वरिपरी l 

नसोचेर आफुलाई, नसोधेर तिमीलाई 
जस्तो थिएँ उस्तै सुम्पें, गरिन क्यै अन्कनाई
धर्ति मैले टेकिनछु, तिमि मेरो साथ हुँदा 
भिज्छौ कि झैँ लाग्छ अझै, आँशु झारी मैले रुंदा l 

आज सारा शुन्य लाग्छ,  कहाँ गयो रमाइलो ?
हिड्दा हात फुस्किन्नथ्यो, घाम लाग्थ्यो घमाइलो
घुम्टो ओढी चीहाएर,  तिम्रो रुप हेर्ने धोको
कति छिट्टै फुट्यो आखिर, पानीको पो रैछ फोको l 








No comments:

Post a Comment