शाश्वत बिमोचन

Friday, November 30, 2012

मंसिर १५ र मादक मन

ब्युझंदा रातले  उज्यालो  ल्याईदिसक्छ, दैलोमा
 दुधवालाले दुध ल्याउनु भन्दा पहिल्यै 
साइकलवालाले अखबार  ल्याउनु भन्दा पहिल्यै
र फर्किसक्छ अँध्यारो अँध्यारोमै 
छोडेर आफ्नी प्रियतमा 
छोडेर आफ्नो प्रेम र प्रभुत्व  


बेढंगको यो नित्य भोगाइहरु
प्रेमाभाषमा भुलिने दर्दहरु 
आस्थाले मेटीदिएका अन्यायहरु 
एउटा विस्मित बिराम 
वा एउटा अनिश्चित प्रस्थान 
कता कता बेमेल लाग्छन् , यो समय चक्र 
कता कता अनाकर्षक लाग्छन् , यो सभ्यता 
शहरका सडकमा देखिने अशोभनीय साँढेजस्तो 
भद्दा जीव ,झन्डै झन्डै निर्जीव 

शब्दले शृंगारिएका, 
भावले  अर्थ्याईएका,
आफ्नो आफ्नो प्रारब्ध र प्राप्ति 
अनुशासनले बाँधिएका तपस्या र त्याग 
परिक्षण दुसाध्य यसको स्वरूप 
मानौ कुनै चटकेको ताण्डव नृत्य 
र बाँकि सब रमितेहरु 
धत् निर्लज्ज !!

एकनास र एकरूप 
भ्रामिक सतहको 
भिन्न भिन्न गलत बिबेचना गर्छन् 
मादक मनहरु 
....................................... 
फरक छौं म, तिमि र उनीहरु 
फरक छैन हिजो आज र भोलि 
फरक छैन बैशाख १, मङ्सिर १ र मङ्सिर १५ ...

No comments:

Post a Comment