राम्रोसँग चपाई-चपाई खाएको भए "जिन्दगी" पक्कै स्वादिलो हुन्थ्यो होला, तर त्यस्तो फुर्सद कहिल्यै मिलाउन सकिएन ।
कल्पनाका छालहरु उर्लिएर मनको बगर भिजाउन आइपुग्दा जिन्दगी केबल अनुभुतीको छायांचित्र मात्रै हो जस्तो लाग्छ ।
यो भोगाईको यात्रामा आँखाभरी धुलो नपरेको भए धेरै कुराहरु प्रष्टै देखिन्थ्यो र ती खुलेका दृश्यहरुमा सफा बुझाईको खोज यति कठिन हुने थिएन सायद ।
कहिले रुख जस्तै अडिग भएर बाँच्न मन लाग्छ त कहिले हावाजस्तै छरपस्ट हुन मन लाग्छ ।
कहिले चरा जस्तै अनन्तसम्म उड्न मन लाग्छ त कहिले सुन्दर फूल भएर बगैंचामा सुशोभित हुन मन लाग्छ ।
मनै त हो, मन्दिरको मुर्ति देखि गद्दिको नायक सम्म जे देख्यो त्यस्तै हुन मन लाग्ने रहेछ ।
दाइ भन्नुहुन्छ - "बिहे नगरी मान्छेमा साँचो परिपक्वता आउँदैन र बाल बच्चा नभई उसमा ब्यबहारिकपना आउँदैन ।"
मेरो भावनात्मक संबेगमाथिको उहाँको व्यंग्य होला यो ।
हामी एक अर्काको कुराप्रती सम्मानभाव सहित अचम्मित हुन्छौं ।
जिउने अनेक बिधिबिधान सम्झेर बिधिबिहिन जिन्दगिको कल्पना गर्न मन लाग्छ मलाई ।
के यो सम्भव होला र ??
सिमित स्वार्थको लागि पबित्र र लामो साथ तोड्नेहरु भेट्छु र उस्तै स्वार्थको लागि क्षणिक हात जोड्न आउनेहरु पनि भेट्छु । यी दुबै भेट अपेक्षित लाग्छन् अचेल ।
सबैभन्दा ठुलो कुरा "स्वविबेक" आफैं संग हुने हुँदा यस्ता संयोगहरुसंग कुनै अफसोच नहुँदो रहेछ ।
कामको ब्यस्ततामा फुर्सदको खोजी हुन्छ र काम बिहिन हुँदा झन् छट्पटी हुन्छ ।
कुनै रोगले जब एक चड्कन हान्छ, "अब जीवन यत्ति रहेछ" जस्तो भान हुन्छ ।आँखा अगाडिको अग्लो पहाडको टुप्पोमा पुगेको बेला अरु सबै ब्यक्ति, बस्तु र बिषय झिनामसिना लाग्छन् ।
कहिले त्यही काम रमाइलो, त्यही बाटो सुगम, त्यही साथि प्रिय, त्यही हाकिम प्रेरक र त्यही दृश्य मनोरम लाग्छ त कहिले त्यही काम पट्यारलाग्दो, त्यही बाटो कठिन, त्यही साथी स्वार्थी, त्यही हाकिम पीडक र त्यही दृश्य उदास लाग्छ ।
यो जीवन "रेखा" हो या "चक्र" मैले अनुमान लगाउनै सकिन ।
धेरै सोचहरुले एकैचोटि आफैंलाई घेराउ गर्दा अभिव्यक्तिको शिलशिला टुट्ने रहेछ ।
म टुटेफुटेका अक्षरसंग पनि उत्तिकै प्रेम गर्छु । प्रेम जत्तिको बलियो रसायन मैले अरु केही भेटेको छैन यो खण्डित "स्वप्न संसार" मा ।
जीवन भोगाइको हरेक सवालहरुलाई मात्रै तिन वटा महलमा बिभाजन गरेकी सानी बैनी बडो सुझबुझ संग भन्छे - यो 'समय' हो, यो 'जिन्दगी' हो र यो 'आवश्यकता' हो । जानेर वा नजानेर 'समय', 'जिन्दगी' र 'आवश्यकता' को छानो मुनि सारा कुरा कोचिदिएर उ एउटा निचोडमा निदाउन सकि ढुक्कसँग ।
तर मेरो मृगतृष्णा उस्तै छ ।