इश्वरीय अंश धारी हे गुरु ,
जीवनभरी प्रश्नको वर्षा गरेर
ऐया बनाईरह्यौ बाबु नानीहरुलाई ..
के तिमीले जवाफ दिनु पर्दैन ;
तोतेबोली बोल्दैको दुधेबालक
ममताको काखबाट छुटाएर सुम्पेको तिमीलाई
"आखिर के बनायौ ?"
धिपधिपे मैनबत्तीको मधुरो प्रकाशमा
राजधानी सहरको कुनै रातको पहिलो प्रहरमा
एक आबोध बालक आफ्नो बाबु लाई सोध्छ
"बा हाम्रो यहाँ घर किन छैन ?"
"टिचर ले त घर हुने साथीलाई मात्र माया गर्छन् ....."
वाह ! अन्जान लाई यो बर्ग बोधी शिक्षा ....!!!
आफुले नखाएर , नलगाएर हाड घोटी घोटी
हुर्कदै गरेको अविभावक को सपनामा,
कुंदिदै गरेको रगत र पसिनाको अक्षरमा
कुनै नैतिक वा सामाजिक रंग रंग्यायौ त ?
यदि तिमि माली हौ भने फूल होइन झार गोड ।
सिमलिको सिर्कनाले सुम्ल्याएर कोमल अङ्गमा
सिकाईको कस्तो संस्कार दिन्छौ ?
रुढिबादी सासुको बुहार्तन जस्तै
चौघेरामा बेमेल विचार लादेर
कस्तो संसार देखाऊँछौ कुन्नि ?
ढाड भाँच्चिने गरि किताबको भरि बोकाएर
कस्तो जिम्मेवारी बोक्ने आदर्शवान व्यक्ति बनाउँछौ ?
एउटा रित्तो क्यानभासमा
तिम्रो मर्जिको तस्बिर कोरेर
तिम्रै बिचारको आकार पोतेर
सृजित सृजनामा ,कल्पित कल्पनामा
अपजसको हिस्सा नलिने तिमि कस्तो भावी ?
तिमि कस्तो द्रष्टा ?
तिमि कस्तो पथप्रदर्शक?
सदैब नमन योग्य गुरु बन्नु छ भने ..
एकपटक प्रश्न आफैलाई सोध .....
याद गर : तिम्रो सिमलिका सिर्कना मक्किंदै छन् .......।
जीवनभरी प्रश्नको वर्षा गरेर
ऐया बनाईरह्यौ बाबु नानीहरुलाई ..
के तिमीले जवाफ दिनु पर्दैन ;
तोतेबोली बोल्दैको दुधेबालक
ममताको काखबाट छुटाएर सुम्पेको तिमीलाई
"आखिर के बनायौ ?"
धिपधिपे मैनबत्तीको मधुरो प्रकाशमा
राजधानी सहरको कुनै रातको पहिलो प्रहरमा
एक आबोध बालक आफ्नो बाबु लाई सोध्छ
"बा हाम्रो यहाँ घर किन छैन ?"
"टिचर ले त घर हुने साथीलाई मात्र माया गर्छन् ....."
वाह ! अन्जान लाई यो बर्ग बोधी शिक्षा ....!!!
आफुले नखाएर , नलगाएर हाड घोटी घोटी
हुर्कदै गरेको अविभावक को सपनामा,
कुंदिदै गरेको रगत र पसिनाको अक्षरमा
कुनै नैतिक वा सामाजिक रंग रंग्यायौ त ?
यदि तिमि माली हौ भने फूल होइन झार गोड ।
सिमलिको सिर्कनाले सुम्ल्याएर कोमल अङ्गमा
सिकाईको कस्तो संस्कार दिन्छौ ?
रुढिबादी सासुको बुहार्तन जस्तै
चौघेरामा बेमेल विचार लादेर
कस्तो संसार देखाऊँछौ कुन्नि ?
ढाड भाँच्चिने गरि किताबको भरि बोकाएर
कस्तो जिम्मेवारी बोक्ने आदर्शवान व्यक्ति बनाउँछौ ?
एउटा रित्तो क्यानभासमा
तिम्रो मर्जिको तस्बिर कोरेर
तिम्रै बिचारको आकार पोतेर
सृजित सृजनामा ,कल्पित कल्पनामा
अपजसको हिस्सा नलिने तिमि कस्तो भावी ?
तिमि कस्तो द्रष्टा ?
तिमि कस्तो पथप्रदर्शक?
सदैब नमन योग्य गुरु बन्नु छ भने ..
एकपटक प्रश्न आफैलाई सोध .....
याद गर : तिम्रो सिमलिका सिर्कना मक्किंदै छन् .......।
mero hridaya ma chhunubhayo Narayan jee
ReplyDelete