आहत अलाप ;
स्वतस्फुर्त उम्लिरहेछ ।
चंचल चक्षु आफै चिम्लीइरहेछ।
शब्द लहरिहरु शालीन छन्
र अझ बढी बेमेल र असंगत छन्।
प्रेम जोडीहरु प्रेमको वियोगमा रुन्छन्
शुभचिन्तकहरु आफन्तको सम्झनामा भक्कानिन्छ्न्
हर जीवन धारिहरु
जिजीविषाका अनेक प्रयोजनले रुन्छन्
थाहा छैन म किन रुँदैछु?
न वियोगी न पराजयी !!!
हे सहिदहरु ,
कसरि हाँस्यौ छातीमा गोलि थापेर ?
हे आमाहरु ,
कसरि छिपायौ आँशु ,मुटुको टुक्रा डोलीमा अन्माएर ?
हे एकल यात्रीहरु ,
कसरि हिड्छौ अनन्य आत्मियता गुमाएर ?
म यहाँ बेजोडले रुंदैछु ...
जाबो एउटा किराले खाएको बुद्धि बंगारो निकालेर ।
दुनिएँ मलाई देखेर हाँसे होला
हाँस्न देउ ,उनीहरुको आफ्नै निजि जिन्दगि छ ।
म रुन्छु , मेरो पनि त आफ्नै रोजाइको भोगाई छ ।
यतिबेला तिमीहरु म बन्न सक्दैनौ ......
न त म नै तिमीहरु भैदिन सक्छु .........
दुखाई मेरो, रुवाई मेरो
हाँस तिमीहरु, बाँच तिमीहरु
लिएर जम्मै सेरोफेरो ......
सक्छौ भने यो नभुल
भोलि म हाँस्दा तिमीहरु रोईरहेका हुनेछौ
रुवाई सँग सपना हुँदैन
रुवाई संग भुत र भविष्यको साथ र सम्बन्ध हुँदैन
रुवाई पछिको मन
झरिपछिको प्रकृति जस्तै प्रदीप्त हुन्छ
प्रभातको घाम जस्तै पुलकित र प्रेमिल हुन्छ ।

No comments:
Post a Comment