प्रथम रवी रश्मिको कोमल स्पर्शमा
कुनै दिन बा को न्यानो काखमा बसेर
बाह्रखरी पढ्दै गर्दा आएका थियौ "तिमि "
मेरो आंशिक चेतन मनमा .........
अझ पहिल्यै ,
आमाले घाममा तेते लगाएर ,लिटो खुहाईदिएपछिको
सन्तृप्तिको मेरो स्वप्निल संसारमा चिहाऊँदै आयौ होला ....
अथवा, भुटेको मकै दिदीले आफ्नो मुखमा पिंधेर
मेरो मुखमा कोच्याईदिंदाको मिठासमा मिठियौ होला ....
वा, दाईले पिठ्युँमा बोकेर पुतली खेद्दै जाँदा
लडेर मेरो निधारमा टुटिलो उठ्दा , सुम्सुम्यायौ होला ....
सभ्यता, संस्कार र सपना बनेर आयौ ...
आशा, लालसा र उमङ्ग बनेर आयौ
भिन्न शृंगार, झंकार र आकारमा आयौ .......
मलाई सिकाईएको गणितमा
बाह्र पछि तेह्र हुन्थ्यो ..
तिम्रै आगमनको लागि होला सायद ,
फेरि एक गनियो ...
मैले जानेको हिसाबको गन्तीमा
तीनसय पैसट्ठी पछि तीनसय छैसट्ठी हुन्थ्यो ...
तिम्रै प्राप्तिका लागि फेरी एक भनियो होला ...!!
उस्तै थियो र छ, आकाशमा घाम ।
उही सन्तुष्टिका छन् साँझ र बिहानको माम।
बदलिएझै लाग्दैन नित्य काम ।
तर आश्चर्य ! किन फेरियो "तिम्रो नाम "??
उजाडिएको धर्तीमा बसन्तको पुनरागमन गराएर
हर्षोन्मादले खुट्टा फाली फाली खेलिरहेकी नानीको छेउमा
ममताको कान्तिमय आभा छरेर
मोहित गराईरहेछौ - हे मोहिनी
देउन ,मेरो काखमा ती विलक्षणी नानी
सु गरिदेओस त्यसले ....
ता कि निथ्रुक्क भिज्न सकुँ म;
लक्ष्य अठोटी, कर्तब्यपरायण र सफलताको सूचकको रुपमा
अनन्त अनन्त सम्म ......
प्रेम , समर्पण र आस्था छ २०७०
तिम्रो अनुपम साथमा ।

No comments:
Post a Comment