मिर्मिरेमै उठी उस्ले, गोठ्को धन्दा सक्नु पर्छ ।
स्कुल नगई मकै छर्न, आज घऱमै
बस्नु पर्छ ।
आम्दानीको बाटो टुट्यो, बुबा
थला परेपछि,
रुख्खो सुख्खो पेट्मा पर्छ, धेरै दुख गरेपछि ।।
सपनाको ठुलो पोको, सबै मिली
सम्झाई रहे ।
सkmn\ aGg] gfgfy/L, af6f]x? atfO{/x] ।
सkmn\ aGg] gfgfy/L, af6f]x? atfO{/x]
दुनियाँको बक्रदृष्टि, उस्कै बिपन्नता माथी ;
औँलो दिँदा हातै निल्छन्, को
हुन्छ र मन्को साथी ?
समाजको परिधिमा, बाबुकोथ्यो जत्रो घेरो,
निस्किएन छोरो पनि, मारिरह्यो त्यहि फेरो ।
जसोगरी फक्रिरहे, गुराँसका
थुङ्गाहरु;
उसैगरी हेरिरहे, पाखाबाट
ढुङ्गाहरु ।।
नाम्लो दाम्लो कोदालो र, हलो
सँग प्रिय नाता ;
जोडीरह्यो बुझाईरह्यो, नियतिको खातापाता।
लाउके भए लाहुरे भए, संगै पढ्ने
साथीहरु;
लागेको छ उस्लाई पनि, स्कुल
छोड्नु पर्छ बरु ।।
यथार्थ छ धेरै तितो, पखालेर
नमेटिने;
सनातन समस्या यो, उपाय क्यै
नभेटिने ।
आऊ जुटौँ यो अवस्था, फेर्नुपर्छ लाग्छ भने ;
केहि गरौँ भन्ने lrGtf, olb dGdf hfU5 eg] ।।
No comments:
Post a Comment