घाम लाग्यो,
पानी पर्यो, बिते दिन यसैगरी
बिर्संदा नि, सम्झँदा नि, टल्पलिन्छु आँखाभरी
समयको परिधिमा, घुमें तिम्रा वरिपरि
कैले यसो कैले उसो], गर भनें नानाथरी ..
के थियो खै स्वार्थ मेरो मेरो , किन आफ्नो बनाएछु <
कति धेरै रैछ मन्मा , नराखेरै खनाएछु
आँशु पुछी हाँस्दै आएँ , उस्तै लय मिलाईदियौ
फाटेको मन् ढाँटेको मन् , सँगालेर सिलाईदियौ ..
तिम्रो खाजा मकै भट्मास् , मेरो हात्मा थमाऊँदा
आज हाम्रो घर जाऊँ, भन्दै हात समाऊँदा
भक्कानिन्छु जब खल्ती, अमलाले भरिदिन्छौ
अन्जान छौ, र त मैले , गर भन्दा गरिदिन्छौ ..
माया गर्छु सँगै खेल्छु , खुसीहरू फिंजाएर
सिंन्चेको छु सिकाइको , नयाँ जरा भिजाएर
गाली गर्छु अनि सोच्छु , अहो Û कतै बिराएँ की <
स्वाभिमानी तिम्रो उँचो , शिर मैले गिराएँकी <
पसिनाले नुहाऊँदै , बिहानीको कक्षाभित्र
आइपुग्दा सायद् भोकै , थियौ होला मेरो मित्र
भगिरथ तपस्यामा ,
तिमि सफल हुन्छौ साथी
तिम्रो बाटो उज्यालो छ , पुग्न सक्छौ धेरै माथी ..
तिम्रो बाटो उज्यालो छ , पुग्न सक्छौ धेरै माथी ..
No comments:
Post a Comment