शाश्वत बिमोचन

Friday, November 22, 2013

चुनाब

परिस्थितिको वशमा संकलित परिवेश
एकादेशको कथा लाग्छन् कहिले कहीं
कथाहरु पनि त सत्यका दर्पण हुन्
र, हुन् समय रेखाका यथार्थ चित्र
जहाँ लिपिबद्द भै संग्रहित हुन्छ ,
सजिब सामन्जस्यता ।

अनेकथरी भैंसीका अनेकथरी कथाहरु
कथिए काव्यहरू थरीथरी रसका
यो उल्लास र हतासको उत्कट मातमा
म देख्दै छु भैंसी कथाका भिषण आयामहरू
उद्देलित सडकहरुमा
स्खलित स्वरहरुमा ।

दाम्लोमा बाँधिएर
घाँस खाएर बाँच्ने घरपालुवा जन्तु
सजिलो छ मालिकलाई मासु खान यसको
बरु सरल म:म का लागि कच्चा पदार्थ आपूर्ति गर्न
अत्यन्तै कठिन दुध खान
घाँस पानी मिल्नु पर्ने
सेवा सुसुस्रा टहल चाकरी पुरा हुनुपर्ने
बेवास्ता गरेर थकान
अनुपम ममताको अर्पणले हैरान
केवल प्राप्तिका लागि
गच्छे अनुसारको दुध ....

आज जनता भैंसी  बनेका छन्
परिदृश्यमा देखिएको छ चुनाब
दुध, भोट बनेको छ
भैसीको मासु खान जस्तो सजिलो
दुध खान किन हुन्थ्यो ?
भैसीको दुध खान उसको नोकर बन्नु पर्छ
जो नोकर बन्छ उसैलाई भैसीले खाट्टी दुध दिन्छ
जुन पार्टी ब्यबहारत: जनताप्रति बफादार छन्
जुन उम्मेदवार मतदाताप्रति कर्तब्यपरायण छन्
उसैले पाउँछ इज्जत को आसन
उसैले पाउँछ पोसिलो रासन ।।
 

No comments:

Post a Comment