प्रारब्धको प्राकृतिक पलाँसमा
एक प्रदीप्त प्रज्वलनको प्रादुर्भाव थियो त्यो
बिपञ्जालको पोयो फुकाउँदै
विनोदी लयहरु लहराउँदाको
उद्देलित उदगम थियो सायद,
र थियो अनन्त सत्य को उदघाटन ;
अदभुत अस्तित्वको बिमोचन
र थियो,
शाश्वत बिमोचन
थियो यहि दिन
थियो मेरो जन्मदिन ।।।
सतत बगेकी त्रिशुलीको काखमा
स्वाभिमानी तादिको मनमोहकतामा
गमक्क पोखरे फाँटको दृष्टिगोचर गर्दै
बनजंगल, भीरपाखा, खोलानाला;
हिलो र धुलोहरुमा
आली र काँल्लाहरुमा
डोको र नाम्लाहरु पच्छ्याउँदै
सँगाल्दै गोठाले सुसेली
अँगाल्दै समय सहेली
उतारचढावपूर्ण यो जीवनको
रङ्गीन र संगिन मोडहरु भोगाइको ;
त्यो सृजित दिन
आफ्नै संसार सृष्टिको दिन
थियो यहि दिन
थियो मेरो जन्म दिन ।।।
मातृस्नेह र पितृ वात्सल्यको आभामा
संस्कारको शिष्टता ग्रहण गर्दै
सद्भावपूर्ण हितैषी सहयात्रामा
सपनाका सारहरु केलाउँदै
सिकाइको सार्थकता घनिभूत बनाइदिने
पथप्रदर्शक, स्रष्टा र सर्जक प्रति
अक्षुण नमन गर्दै ;
सिञ्चित यो लतिका
यो अनबरत सिलसिला
एकतरी अग्लिएको दिन
सम्पूर्ण आस्थाप्रति आभार समर्पण गर्ने दिन
हो आजको दिन
हो मेरो जन्मदिन ।।।
एक प्रदीप्त प्रज्वलनको प्रादुर्भाव थियो त्यो
बिपञ्जालको पोयो फुकाउँदै
विनोदी लयहरु लहराउँदाको
उद्देलित उदगम थियो सायद,
र थियो अनन्त सत्य को उदघाटन ;
अदभुत अस्तित्वको बिमोचन
र थियो,
शाश्वत बिमोचन
थियो यहि दिन
थियो मेरो जन्मदिन ।।।
सतत बगेकी त्रिशुलीको काखमा
स्वाभिमानी तादिको मनमोहकतामा
गमक्क पोखरे फाँटको दृष्टिगोचर गर्दै
बनजंगल, भीरपाखा, खोलानाला;
हिलो र धुलोहरुमा
आली र काँल्लाहरुमा
डोको र नाम्लाहरु पच्छ्याउँदै
सँगाल्दै गोठाले सुसेली
अँगाल्दै समय सहेली
उतारचढावपूर्ण यो जीवनको
रङ्गीन र संगिन मोडहरु भोगाइको ;
त्यो सृजित दिन
आफ्नै संसार सृष्टिको दिन
थियो यहि दिन
थियो मेरो जन्म दिन ।।।
मातृस्नेह र पितृ वात्सल्यको आभामा
संस्कारको शिष्टता ग्रहण गर्दै
सद्भावपूर्ण हितैषी सहयात्रामा
सपनाका सारहरु केलाउँदै
सिकाइको सार्थकता घनिभूत बनाइदिने
पथप्रदर्शक, स्रष्टा र सर्जक प्रति
अक्षुण नमन गर्दै ;
सिञ्चित यो लतिका
यो अनबरत सिलसिला
एकतरी अग्लिएको दिन
सम्पूर्ण आस्थाप्रति आभार समर्पण गर्ने दिन
हो आजको दिन
हो मेरो जन्मदिन ।।।
No comments:
Post a Comment