एकान्तमा मिठा बात, गर्दा प्यार बस्यो
थाहै नपाई अलि नजिक्, सर्दा प्यार बस्यो
घाँस पात गोठालो र मेला पर्म गर्दा
हात समाई तादी खोला, तर्दा प्यार बस्यो
अलि अलि लजाएर लुकिछिपी हेर्दै
पंधेरीमा संगै पानी भर्दा प्यार बस्यो
आँखा छोपी झुक्याऊँथ्यौ पछिल्तिर बाट
जवानीको चर्को मात, छर्दा प्यार बस्यो
तिमीलाई छोडी कतै टाढा जानु पर्दा
वियोगको दुखि आँशु, झर्दा प्यार बस्यो
थाहै नपाई अलि नजिक्, सर्दा प्यार बस्यो
घाँस पात गोठालो र मेला पर्म गर्दा
हात समाई तादी खोला, तर्दा प्यार बस्यो
अलि अलि लजाएर लुकिछिपी हेर्दै
पंधेरीमा संगै पानी भर्दा प्यार बस्यो
आँखा छोपी झुक्याऊँथ्यौ पछिल्तिर बाट
जवानीको चर्को मात, छर्दा प्यार बस्यो
तिमीलाई छोडी कतै टाढा जानु पर्दा
वियोगको दुखि आँशु, झर्दा प्यार बस्यो
mann khane yo post ma dinko ek palt naheri chitta nai bujhdaina bimochan jii
ReplyDeleteaagami post ma yo bhanda pani badhi ramra ra sarbokrista post ko laagi ma jastai aru dherai kurera baseka hune6au...