हिजो अर्कै रुने गर्थे आँशु संगालेर
आज अर्कै रुन्छन् हाँस्छन् मलाई अंगालेर
आखिर कस्तो जिन्दगि यो रिम्-रिम् देख्छु छायाँ किन ?
को छ आफ्नो ,को छ पराई, के छ मैले लिन दिन ?
"खायौ ?" सोध्थे ,ममताको घन्टी बजाएर
आज कोहि ख्वाइदिन्छ्न् हात बढाएर
सिरानीमा घन्टी बज्थ्यो हुने गर्थ्यो घन्टौं कुरा
आज हातै सिरानी छ बजिदिन्छ छिन्-छिन् चुरा
भोलि मन कहाँ पुग्ला ,कहाँ उंड्ला कहाँ गुड्ला ?
थाहा छैन यो मन्को फूल ,कहाँ हुँदा कस्ले चुँड्ला ?
कतै भद्दा कोरिएको कतै हल्का मेटिएको
भोग्दै हिडें लेखाहरु यो भाग्य मा भेटिएको

No comments:
Post a Comment