म जन्मिएको तिम्रो, हुनैको लागि त हो नि !
चोला सबैको हाँस्न, रुनैको लागि त हो नि !
तेजि सुगन्ध मन्को, चाहना कति भर्भर ?
लंका पुगेकी सीता, सुनैको लागि त हो नि !
जसै पग्लन्छ मुटु, आँखा थाल्छ रसाउन..
माया रहेछ मैलो, धुनैको लागि त हो नि !
टाढा-नजिक हुन्न, एकै धर्ती जो बाँढ्दछ,
सिङ्गै आकाश तारा, जूनैको लागि त हो नि !
लाग्छ संसारै पाएँ, के गुनासो अरुसंग ?
बाँचिरहु या मरुँ, उनैको लागि त हो नि !
No comments:
Post a Comment