फूलबारीमा उखेलिई गमलामा फुल्न
सकेँ बरु सकिएन तिमीलाई भुल्न ।।
हिजो जस्तै उज्यालो छ आज पनि घाम
यहाँ जस्तो पक्कै हुन्न मैले पुग्ने ठाम ।।
सबैसंग हाँसीखुसी लहलह झुल्न
सकेँ बरु सकिएन तिमीलाई भुल्न ।।
अन्धकार चम्काउने तिमि थियौ दियो
बल्दा बल्दै अनायासै कस्ले खोसी लियो ??
खाली खुट्टा निस्किएर यो संसार डुल्न
सकेँ बरु सकिएन तिमीलाई भुल्न ।।
फूलबारीमा उखेलिई गमलामा फुल्न
सकेँ बरु सकिएन तिमीलाई भुल्न ।।
No comments:
Post a Comment