शाश्वत बिमोचन

Saturday, April 14, 2012

मेरो प्रिया "२०६९ "

शितहरुले भिजेका तिम्रा असरल्ल केशहरु ,
नवप्रभातको  सुकोमल घामहरुमा  अख्र्याएर 
रातो रिबनले सजाएर, आउन  मेरो सामु..
म गुराँस सिउरिदिउला ........


बिर्सेर आहत बिगतहरु 
आशा र आस्थाका केस्रा र बिजुलाहरु केलाउदै 
मैदल र बंगेर का झाँगहरु छिचोल्दै
उर्बर , पुलकित उन्माद भरेर
रातो फुलबुट्टे घाँगर पहिरिएर , आउन  मेरो सामु..
म अंगालोमा बेरिदिऊँला................

निश्चल कन्चन ति तिम्रा  आँखाहरु
प्यारको गाजलले प्रेमाशक्त तुल्याएर
शरीरका हरेक अंगहरु श्रिंगारले भरेर
गुलाबी ओठहरुले मुस्कुराउँदै, आउन  मेरो सामु..
म पनि आफ्ना ओठहरु जोडीदिउँला.....

अनुपम साथ दिएर एउटा भब्य जीवन सुम्पन
हर भोगाईका बुँद बुँदमा रोमान्चित पारेर
यो संसारिक साम्राज्यमा केवल मेरो रगतको
एउटा होनाहार छोरो जन्माउन, आउन  मेरो सामु..
म अनन्त काखमा राखिदिउंला ...........

अनिदो रात र त्रासद सपना  हटाएर
चरिका चिर्बिर चिर्बिर सुनिने मनोरम बिहानी ल्याउन
भालेको अलौकिक डाँकोले ब्युँझाउँदै
हे मेरो प्रिया "२०६९ ", आउन  मेरो सामु..
म स्वागत गरिरहुँला.......

1 comment: